तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई बेपत्ता

दार्चुला । दार्चुलामा अटो (तीन पाङ्ग्रे) दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । साथै दुई जना बेपत्ता हुनुका साथै एक जना घाइते भएका छन् । 

सोमबार  दिउँसो नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा ज्यान गुमाउनेमा  ११ बर्षिया अरुणा धामी रहेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

सोही अटोमा सवार  दुई  जना महिला बेपत्ता भएको र स्थानीय  तथा  सुरक्षाकर्मीबाट खोजीकार्य जारी रहेको बताइएको छ । दुर्घटनामा परेको अटोमा चालक सहित पाँच जना सवार रहेको बुझिएको छ।

अटो चालक मनीराम भुलको १७ वर्षीय छोरा आयुष भुल गम्भीर घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ भने  चालक मनीराम भुललाई  प्रहरी नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button