डोल्पामा नदी टापुमा फसेका चार जनाको तीन घण्टापछि सकुशल उद्धार
डोल्पा । डोल्पाको सदरमुकाम दुनैको ठुलिभेरिमा दाउरा टिप्न गएका ४ जनाको सकुशल उद्धार गरिएको छ ।

ठुलिभेरी नगरपालिका वडा नम्बर-३ भित्र पर्ने लामालोटे नजिकको भेरी किनारमा दाउरा टिप्न गएका त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर-६ पालाङाका स्थानीय ४ जना वर्ष ३३ को ललित बोहोरा , वर्ष २६ का नन्द प्रसाद बोहोरा ,वर्ष ३७ का ध्याम कुमार बोहोरा र वर्ष ३५ का लाल कुमार बुढा दाउरा टिप्न जाँदा बिहान ७ बजे दाउरा टिप्न लामालोटेको नदी किनाराको टापुमा गएको समयमा भेरी नदीको बहाव बडेर छेकिएका थिए । ठुली भेरी नदीको बहाव बढे पछि ४ जना छेकिएका हुन ।

केही समय पछि भेरी नदीको टापुमा छेकिएको खबर पाए पछि नेपाल प्रहरी , नेपाली सेना र सशस्त्र प्रहरी बलले ३ घण्टा पछि उद्धार गरेको डोल्पा जिल्ला प्रहरी प्रमुख रुख बहादुर खड्काले बताउनुभयो ।

डोल्पा जिल्ला प्रशासन कार्यालयले नदीमा बहाव बढिरहेको भन्दै सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले बेवास्ता गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो। उहाँले नदी आसपासको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह समेत गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्