तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता 

रुपन्देही । होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउन माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउन प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । 

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विमानस्थल चलाउन प्रधानमन्त्री ओलीले आवश्यक पूर्वाधार समेत पूरा गर्ने बताउनुभएको हो । 

काठमाडौँमा आयोजित नेपालमा पर्यटन अवस्था चुनौती र सम्भावना विषयक गोष्ठीमा कार्यक्रममा लुम्बिनी प्रदेश हानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सिपी) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button