तपाईँ सुन्दै हुनुहुन्छः

४० बर्ष पछि ४ सय ५१ घरधुरीलाई लालपुर्जा

रुपन्देही। रुपन्देही जिल्लाका अव्यवस्थित बसोबास गरिरहेकाहरूले लाल पुर्जा पाएका छन् ।

रुपन्देही जिल्लाको कन्चन गाउँपालिका वडा नं ५ मा बसोबास गर्दै आएका स्थानीयहरूलाई ४० बर्ष पछि लालपुर्जा वितरण गरिएको हो ।

अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजाल, भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कुमार थापा, लुम्बिनी प्रदेश सभा सदस्य ले ४ सय ५१ घर परिवारलाई लाल पुर्जा वितरण गर्नुभएको हो । 

लालपूर्जा ९७ वर्षका ज्येष्ठ नागरिक भानुभक्त उपाध्यायलाइ पहिलो लाल पुर्जा वितरण गरिएको हो । बिगत ४० बर्ष देखि जोतभोग गर्दै आएका स्थानीयहरूले लाल पुर्जा पाउँदा खुशी व्यक्त गरेका थिए । 

४० बर्ष पछि लाल पुर्जा पाउनेहरूमा होमनाथ ढकाल, सुना कुमारी न्यौपाने शर्मा, प्रसाद थारु, शशिकला पौडेल छेत्री, उमा गौतम ढकाल, इन्दिरा गौतम, नरिश्वरी गौतम सहित प्रक्रिया पूरा गरि जम्मा ४ सय ५१ जनाले लाल पुर्जा पाएको नापी कार्यालय रुपन्देहीका प्रमुख सुग्रीव यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button