तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्बासीको स्थायी समाधान गर्ने सरकारको अठोट छ: अर्थमन्त्री पौडेल 

रुपन्देही । नेपाल सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सरकार सुकुम्बासीको अस्थायी समाधान गर्ने गरि लागिरहेको बताउनुभएको छ ।

रुपन्देही जिल्लाको कन्चन गाउँपालिका वडा नं ५ मा रहेका अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गा धनी पुर्जा वितरण कार्यक्रममा बोल्नु हुँदै अर्थमन्त्री पौडेलले सुकुम्बासीका स्थायी समाधान गर्न सरकारको अठोट रहेको बताउनुभयो । 

“यो अभियानको पहिलो कडी हो । पुर्जा तयार गर्दै जान्छौ पुर्जा वितरण गर्दै जान्छौँ स्थायी समाधान गर्ने सरकारको अठोट छ ।”  अर्थमन्त्री पौडेलले भन्नुभयो “हामीले सुकुम्बासी समाधानका लागि जनशक्तिको अभाव नहोस् भनेर बजेट पनि पर्याप्त व्यवस्थापन गरेका छौँ ।”

“अब हामी भूमिहीन सुकुम्वासीलाई जग्गा धनी पुर्जा दिएर जग्गा धनीको मालिक बनाउँछौँ ।”  पौडेलले भन्नुभयो, : “यहाँहरूले जग्गालाई सदुपयोग गर्न आग्रह गर्दछु । हामी सुकुम्बासी समस्या समाधान गर्छौं भनेका थियौँ । सोही अनुरुप सुकुम्बासीका समस्या समाधान गर्दै जानेछौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button