लुम्बिनी जाने मुख्य सडकमा बुद्धका ४१ मूर्ति राखिए
रुपन्देही । गौतमबुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य सडकमा बुद्धका मूर्ति राखिएको छ ।

रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकाका पर्ने भैरहवा-लुम्बिनी सडकका मुख्य सडकमा बुद्धका मूर्ति राखिएको छ ।
हाटीबनगाईदेखि महजिदिया चोकसम्म ४१ वटा मूर्ति राखिएको मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुब नारायण चौधरीले बताउनुभयो । शान्ति भूमिको चिनारीका निम्ति र पर्यटन प्रबर्द्धन गर्न पालिकाले बुद्धका मूर्ति राखेका उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षमा मुख्य चोकमा हाईमास्ट लाईट जडान गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष ध्रुवनारायण चौधरीले बताउनुभयो। हाईमास्ट लाईट जडान भएपछि उज्यालो हुनुका साथै सवारी दुर्घटना न्यूनीकरण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी सडक खण्डका मुख्य चोकहरूमा ४८ लाखको लागतमा ४१ वटा बुद्ध मूर्ति राखिएको मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्