कालिगण्डकी–तिनाउँ नदी पथान्तरणबारे सरोकार समिति बैठकमा छलफल
काठमाडौँ । राष्ट्रियसभा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिकवर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी–तिनाउँ नदी पथान्तरण आयोजनको सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सिँचाइ मन्त्रालयका निमित्त सचिव शिशिर कोइरालाले आयोजना हाल अध्ययनका क्रममा रहेको हुँदा आयोजनाको बारेमा अहिले नै विस्तृत जानकारी दिन नसकिने बताउनुभयो ।
उहाँले आयोजनाको प्राविधिक, आर्थिक र वातावरणीय पक्ष पनि अध्ययनकै चरणमा रहेको समितिसमक्ष जानकारी गराउनुभयो ।
बैठकमा समितिका सदस्यहरुले आयोजना निर्माण गर्दा धार्मिक र वातावरणीय अवस्थामा असर नपर्ने गरी आयोजना अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्