तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा 

काठमाडौँ । सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारको काम, बजेट कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, परराष्ट्र मन्त्री  डा.आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कालगायत सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button