तपाईँ सुन्दै हुनुहुन्छः

दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस समेतका आधारमा भोलि शनिबारदेखि लागु हुनेगरी असार २४ गतेसम्म दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा भनिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र अन्तर्गत केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटसम्म पाँच जनाभन्दा बढी जम्मा हुन र नारा जुलुस धर्ना लगायतका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button