तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पले चर्किएको जाजरकोट सेतो दरबार वर्षाले थप क्षति

जाजरकोट । नेपालका प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूचीकृत जाजरकोटको ऐतिहासिक सेतो दरबार बुधबार रातिको बर्षाले थप क्षति भएको छ ।

गत २०८० कार्तिक १७ गतेको विनाशकारी भूकम्पपछि चर्किएको दरबारलाई गए रातिको वर्षाले थप क्षति पुर्‍याएको हो।

१८५२ सालमा तत्कालीन राजा इन्द्रनारायण शाहको पालामा निर्मित यो दरबार लामो समयसम्म जाजरकोटी राजाको शाही निवासका रूपमा प्रयोगमा थियो। खलङ्गाको अग्लो भेगमा अवस्थित सेतो दरबार ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्थ्यो।

१९९० सालको महाभूकम्पभन्दा अघिल्लो पुस्ताको निर्माण भएको यो संरचना पछिल्लो भूकम्पपछि जीर्ण भएको थियो। संरक्षण अभावमा कमजोर बनेको संरचना वर्षाले थप भत्किएको हो।

स्थानीय बासिन्दा र इतिहासप्रेमीहरूले दरबार जोगाउन सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दै आएका छन् । तर समयमै संरक्षण नहुँदा सदियौँको इतिहास बोकेको सम्पदा आज ध्वस्त हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button