तपाईँ सुन्दै हुनुहुन्छः

अग्नी पीडित  लाई नगद राहत 

मोरङ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा भएको आगलागीबाट पीडित भएका अग्नि पीडितलाई नगद राहत  वितरण गरेको छ । नेपाल उराँव संघ केन्द्रिय समितिले भोक्राहा नरसिंह गाउँपालिका–६ हमुनाम चोकमा भएको आगलागीबाट पीडित भएका ६ अग्नी पीडित परिवारलाई नगद राहत वितरण   गरेको हो ।

संविधान सभा सदस्य तथा नेपाल उराँव संघ केन्द्रिय कार्य समितिका केन्द्रिय अध्यक्ष सूर्यदेव दास उराँवको अध्यक्षतामा सुनसरीका ६ परिवार अग्नी पीडितलाई नगद राहत हस्तान्तरण गर्नुभएको हो । नगद राहत वितरण कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, संघका सुनसरी अध्यक्ष राजकुमार उराँव, संघका केन्द्रिय सदस्य माटो विज्ञ नुनुलाल उराँव, संघका मोरङ अध्यक्ष सोमरा उराँव , स्थानीय गणेश उराँव, विना उराँव, हिरा उराँव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button