तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा सार्वजनिक जीवनमा ‘महिला’ सम्बन्धि फोटो प्रदर्शनी हुने 

नेपालगन्ज । सार्वजनिक जीवनमा ‘महिला’ सम्बन्धि फोटो प्रदर्शनी नेपालगन्जमा हुने भएको छ । 

फोटो प्रदर्शनीबारे आज नेपालगन्जका सरोकारवालासँग छलफल तथा भेटघाट गरिएको छ । फोटो सर्कलको आयोजनामा आगामी चैत ४ देखि ६ गतेसम्म स्थानीय रामलिला मैदानमा प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनीको निःशुल्क अवलोकन गर्न सकिनेछ । 

फोटो सर्कलका को–फाउण्डर नयनतारा गुरुङले प्रदर्शनीलाई सफल बनाउन स्थानीय सरोकारवालाको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सांसद मिना श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकी, सामाजिक अगुवा, महिला अगुवा, पत्रकार तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिनेछ । ग्रामीण र शहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य बनाउने उद्देश्यका साथ सार्वजनिक जीवनमा ‘महिला’ सम्बन्धि फोटो प्रदर्शनी गर्न लागिएको आयोजक फोटो सर्कलले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button