गृहमन्त्री लेखकद्वारा जाजरकोटमा पुनर्निर्माण कार्यालय उद्घाटन
जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नुभएको छ ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूलाई व्यवस्थित गर्न सरकारले स्थापना गरेको उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री लेखकले भूकम्प प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माणका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
मन्त्री लेखकले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्युनिकरण पुनर्स्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह एकैसाथ सक्रिय हुनुपर्ने बताउनुभयो ।
मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेका योजनाका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्बाट जनताका गुनासा सम्बोधन गरिने बताउनुभयो ।
उद्घाटन समारोहमा जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो ।
सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट, जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीयबासीले पनि नयाँ कार्यालय स्थापना भएसँगै पुनर्निर्माण कार्य अझ सहज हुने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्