तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हेटौँडालाई 

मकवानपुर । मकवानपुर जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ । 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा हेटौँडाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदकसहित उपाधि कब्जा गरेको हो ।  

प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र १० कांस्य पदकसहित बकैया गाउँपालिका द्वितीय तथा ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदकसहित थाहा नगरपालिका तृतीय भएको छ ।  प्रतियोगितामा मकवानपुरको १० मध्ये इन्द्रसरोवर गाउँपालिका बाहेक ९ वटा पालिकाबाट विभिन्न विधामा करिब ६ सय जना खेलाडीहरूको सहभागिता रहेको थियो । 

प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरू सञ्चालन भएको थियो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको अध्यक्षतामा तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मङ्गलवार पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button