तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानकै पक्षमा काम गरिरहेका छौँ’

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताउनुभएको छ ।

युवा किसान सञ्जालले आज यहाँ आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य समग्र कृषि र किसानको पक्षमा भएको बताउनुभयो । अझै थुप्रै कामहरू गर्न बाँकी रहेकाले सकारात्मक प्रतिफल देखिँदै जाने उहाँको भनाइ थियो । 

कृषि विधेयक चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी उहाँले दिनुभयो । विधेयक चाँडै मन्त्रिपरिषद् हुँदै संसद्मा पुग्न लागेको र कृषिमार्फत गरिबी घटाउँदै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्‍याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीले बताउनुभयो । 

किसानलाई परिचय पत्र वितरण यसै वर्षदेखि सुरु गर्न लागेको बताउँदै उहाँले प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी भएको बताउनुभयो । 

मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाको नाम सार्वजनिक गरिएको बताउँदै कृषि र किसानका नाममा रु एक खर्ब सात अर्ब वितरण भएकाले यसको उपलब्धि खोज्ने काम भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button