लेखा समिति बैठक: दातृ निकायले प्रदान गर्ने आर्थिक सहयोगको सही सदुपयोग नभएको जिकिर

काठमाडाैँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सदस्यहरुले नेपालमा विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले प्रदान गर्ने गरेको आर्थिक सहयोगको सही सदुपयोग नभएको औंल्याउनुभएको छ ।
समितिको आजको बैठकमा सांसदहरु गोकुल बाँस्कोटा, देवप्रसाद तिमल्सिना, मोहन बस्नेतलगायतले धर्म परिवर्तन, पुस्तक लेखन तथा प्रकाशन, शिक्षालगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको लगानी हुने गरेको चर्चा चलेकाले यसबारे राज्य संवेदनशील हुन जरुरी रहेकोमा जोड दिनुभयो ।
सांसद बाँस्कोटाले सन् २००२ देखि हालसम्म २१ खर्ब बराबरको रकम कुन प्रणालीबाट नेपाल भित्रिएको यकिन हुन नसकेको भन्दै यस्ता सहयोगलाई पारदर्शी बनाइनुपर्ने बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले करदातालाई झन्झट नहुने प्रकारको कर प्रणाली लागु गर्न सके बेरुजु नियन्त्रण गर्न सकिने बताउनुभयो ।
बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले विदेशी लगानीलाई पारदर्शी बनाउनुपर्ने, राज्यका संवेदनशील क्षेत्रमा गैर बजेटीय लगानी हुन दिन नहुने भन्ने विषयमा लेखा समिति प्रष्ट रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्