रुकुमपूर्वमा मतगणना जारी
रुकुमपूर्व । मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत अहिले रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । गाउँपालिकाको वडा नम्बर १ र १४ को मतगणना सकिएकोमा १ नम्बर वडामा माओवादी केन्द्रले ३०८ मत प्राप्त गर्दा एमाले/काँग्रेस गठबन्धनले २३६ मत प्राप्त गरेको छ । ८ मत बदर भएको छ ।

पुथाउत्तरङ्गा-१४ मा माओवादी केन्द्र ३०० मत पाउँदा एमाले/काँग्रेस गठबन्धनले २४० प्राप्त गरेको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो । बदर मत २९ भएको छ ।
दुई वडाको मतगणना हुँदा गठबन्धन भन्दा माओवादी १३२ मतले अगाडि रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्