तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा ८ सय ७७ मत खस्याे, मतगणना सोमबार हुने 

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा ५ को वडा अध्यक्ष पदका लागि आज भएको  उपनिर्वाचनमा उत्साहजनक मतदान भएको छ।

१ मतदानस्थल दुर्गा आधारभूत विद्यालय गरमोरामा रहेका दुई वटा मतदान केन्द्रमा जम्मा ८ सय ७७  मत खसेको मुख्य निर्वाचन अधिकृत पुष्प राज पाण्डे जानकारी दिनुभयो । 

कुल मतदाता एक हजार दुई सय ७२ रहेकोमा मतदान केन्द्र (क) महिला २१४ पुरुष २२३ गरि जम्मा ४३७ र केन्द्र (ख(तर्फ महिला २६२ पुरुष १७८ जम्मा ४४० जम्मा ८ सय ७७ मत खसेको उहाँले बताउनुभयो ।

यहाँ अध्यक्ष पदको लागि  चार जनाको उम्मेदवारी परेको छ । 

नेपाली काङ्ग्रेसबाट धन सिंह कुँवर, नेकपा एमालेको तर्फबाट मान सिंह बडाल, नेकपा माओवादी केन्द्रको तर्फबाट दिलीप सिंह कार्की र स्वतन्त्रतर्फ लालबहादुर कुँवर  गरी जम्मा ४ जनाको उम्मेदवारी रहेको छ। 

यस वडाको मतदानको मतगणना सोमबार बिहान ८ बजेबाट मात्रै सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button