तपाईँ सुन्दै हुनुहुन्छः

बंगलाचुली गाउँपालिकामा भैलो महोत्सव हुने

दाङ। दाङको बंगलाचुली गाउँपालिकाले यस वर्ष पनि भैलो महोत्सव गर्ने भएको छ । कार्तिक २७ गते हरिबोधिनी एकादशीको दिन बंगलाचुली गाउँपालिका–५ को बंगलाचुली पर्यटकीय स्थल बंगलाचुलीमा भैलो महोत्सव गरिने गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले भैलो महोत्सव बंगलाचुली लेकमा गर्ने निर्णय गरेको हो । बैठकले महोत्सव व्यवस्थापनका लागि वडा नम्बर ५ का अध्यक्ष लीला बहादुर घर्तीलाई संयोजक समेत तोकेको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो । बंगलाचुली गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रको विकास, प्रवर्द्धन एवं प्रचार प्रसार तथा स्थानीय कला संस्कृतिको संरक्षणको लागि भैलो महोत्सवको आयोजना गरिएको हो ।

प्रत्येक वडाबाट देउसी भैलो समूहलाई बंगलाचुली लेकमा सहभागी गराई देउसी भैलो कार्यक्रम गरिने बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले जानकारी दिनुभयो । भैलो कार्यक्रममा सहभागी सबै भैलोलाई गत साल जस्तै प्रोत्साहन रकम तथा उत्कृष्ट भैलोलाई थप पुरस्कारको व्यवस्था गरिने अध्यक्ष पुनमगरले जानकारी दिनुभयो ।

यसैगरी कार्यपालिका बैठकले बंगलाचुली गाउँपालिकाको विकासका लागि विभिन्न तालुक निकायहरूमा खानेपानी र सिचाइका योजनाहरू छनौट गरी पठाउने निर्णय समेत गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button