तपाईँ सुन्दै हुनुहुन्छः

विपदबाट प्रदेशलाई सुरक्षित बनाउन प्रभावकारी समन्वय जरुरी : मुख्यमन्त्री आचार्य 

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउनेगरी नीतिगत सुधार गरेर प्रदेश सरकार अघि बढेको बताउनु भएको छ । 

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिले मङ्गलवार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको समन्वय परिषद् बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन रेडक्रस लगायतका सरोकारवाला पक्षसँग सरकारले सहकार्य गर्ने बताउनु भयो । दुःखमा पनि सुखमा पनि प्रदेश सरकार नागरिकको साथमा छ । त्यसमा रेडक्रस अभियानको महत्त्वपूर्ण योगदान छ  मुख्यमन्त्री आचार्यले भन्नुभयो ‘लुम्बिनी प्रदेशलाई मानवताको प्रदेशको रुपमा अघि बढाएका छौँ ।’ सरकारसँगको समन्वयमा रेडक्रसले पहिलो राहतको रुपमा सामाग्री पुर्‍याउन सफल भएको र स्थानीय तहसँगको समन्वयमा थालिएका कार्यक्रमहरूको प्रशंसा गर्नुभयो ।

लुम्बिनी प्रदेश भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका विपद्को दृष्टिकोणले उच्च जोखिममा छ। पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढी तथा डुबानको चपेटामा पर्दै आएका छन् । समन्वय परिषद्को बैठक रेडक्रस लुम्बिनीका अध्यक्ष लालप्रसाद पङ्गेनीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा समन्वय भएको थियो । बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button