राष्ट्रिय सभा बैठक: स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरूको स्तरवृद्धि नभएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले नेपालका स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्स लगायतका कर्मचारीहरूको स्तरवृद्धि नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले नर्सहरूले लामो समयसम्म सेवा गर्दा पनि स्तरवृद्धि नभएको, रात्रिकालीन सेवा गर्दा भत्ता रकम अत्यन्तै न्युन भएको भन्दै नर्सहरूको मनोबल बढाउन दुर्गममा कार्यरतसँगै उहाँहरूको शैक्षिक योग्यतालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसदहरुले सामाजिक न्याय र सुशासन, पुँजीगत खर्चको वृद्धि, दायरा बढाएर राजस्व बढाउन सके मात्र समृद्धि प्राप्त हुने भन्दै संविधान कार्यान्वयन गर्दा पुराना ऐनको संशोधन गर्नुपर्ने बताउनुभयो ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम बाधा अड्काउ फुकाउको आदेश पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई समितिमा छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्