दार्चुलामा भुकम्पको धक्का
दार्चुला।दार्चुलामा भूकम्प गएको छ। शुक्रबार बिहान ५:५० मा जिल्लाको दुहु गाउँपालिका ४ धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का छिमेकी भारत लगायत आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।
सुदुरपश्चिमा विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ।
प्रतिक्रिया राख्नुहोस्