सुहाङ नेम्वाङ ‘हेब्बीवेट’लाई पछि पार्ने ‘नवयूवा’

इलाम । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङसगँ एक संयोग रह्यो आफ्ना बुवा सुवासचन्द्र नेम्बाङले जसलाई हराउनु भएको थियो उसैलाई हराएर विजयी बन्न सफल संयोग ।
गत वर्षको चुनावमा काँग्रेस सहितको गठबन्धनबाट उम्मेदवार बन्नुभएका काँग्रेस इलाम जिल्ला सभापति डम्बर खडकालाई ११४ मतको झिनो मतान्तरले हराएर विजयी हुनुभएका आफ्ना बुवा स्व. सुभाषचन्द्र नेम्वाङको भन्दा सानदार ५ हजार ८ सय ३० मतको फराकिलो मतान्तरले विजयी हुँदै आफ्ना बुवाको किल्ला जोगाई राख्ने अवसर मिलेको छ नवनिर्वाचित सुहाङ नेम्वाङलाई।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याएर विजयी बन्दा उपविजेता बन्नु भएका नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ मत ल्याउनु भयो ।
पहिचानवादीको साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११ हजार ४ सय ५७ मत ल्याउनु भयो राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले – ५ हजार ५० मत ल्याउनु भयो वाँकी उम्मेदवारहरूको १ हजार भन्दा कम मत रहेको छ । ६९ हजार ३ सय ७४ मत मध्ये ६८ हजार ४ सय ७२ मत सदर भएको थियो ९ सय २ मत बदर भएको थियो ।
को हुन नवनिर्वाचित सुहाङ नेम्वाङ ? यस्तो छ उनको जीवन यात्रा
२०४६ फागुन ६ मा काठमाडौँमा बुवा सुभाष चन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका हुन सुहाङ नेम्वाङ ।
नेपालको राजधानी काठमाडौँको ग्यालेक्सी पब्लिक स्कुलबाट जीवनको पहिलो कक्षा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत मन्दिर स्कुलबाट एसएलसी उत्तीर्ण गर्नु भएको हो । एसएलसी उत्तीर्ण पछि थप अध्ययनको लागि ज्ञानोदय बाल बाटिका भर्ना हुनुभएका सुहाङले सोही स्कुलबाट कक्षा १२ उत्तीर्ण गर्नुभयो ।
कक्षा १२ उत्तीर्ण पछि थप उच्च शिक्षा अध्ययनको लागि सुहाङको यात्रा अस्ट्रेलियातर्फ मोडियो । अस्ट्रेलिया गएका सुहाङ कानुनमा बिए एलएलबी अध्ययनका लागि पुनः नेपाल आउनुभयो । ‘काठमाडौँको काठमाडौँ स्कुल अफ ल’बाट उहाँले एलएलएमसम्मको अध्ययन सम्पन्न गर्नु भएको छ ।

सुहाङले आफ्नै ल फर्म खोलेर पनि काम गर्दै आउनु भएको छ । आफनै प्रयासमा र आफनै बल बुद्धिमा केही गर्नु पछि भन्ने उद्देश्यले ल फर्म मार्फत काम गरेको र आफूले आफ्ना बुवाको नामका आधारमा कुनै लाभ नलिएको सुहाङको भनाई छ ।
कम बोल्ने शान्त गभिंर स्वभावका सुहाङको खेलकुदमा लगाव भने निकै राम्रो छ । आफ्ना बुवाको व्यस्त जीवनको कारणबाट पनि हुन सक्छ स्कुले जीवनमा धेरैजसो समय उहाँले होस्टेलमै बिताउनु भयो । अस्ट्रेलियाबाट फर्किएपछि भने उहाँले कलेजमा भएका खेलकुद प्रतियोगितामा सहभागिता जनाउन थाल्नु भयो ।
उहाँले इलाम स्पोर्टिङ डी मेची क्लब आफ्नो बुबा स्व.सुवासचन्द्र नेम्बाङको सल्लाह अनुसार स्थापना गर्नु भएको हो । खेल क्षेत्रको विकासमा लाग्नुपर्छ भन्ने कुरा आफ्नो बुवाको पनि भएको र बुवाकै कर्मले सधैँ प्रेरित गर्ने गरेको .सुहाङको भनाई छ । उक्त कल्व मार्फत इलाम लगायत पूर्वमा उहाँले खेलकुद मार्फत विभिन्न काम गर्दै आउनु भएको छ ।
बुवाको प्रलोभनमा अरूलाई पारेर सरकारी जागिर वा अरू लाभको पद छोराले नलिओस् भन्ने बुवाको चाहाना र आफ्नो पनि सोही चाहाना भएकोले आफूले सरकारी जागिर वा लाभको पद तर्फ ध्यान नदिएको स्मरण गर्दै आफैँ सक्षम बन्नुपर्छ भन्ने बुबाकै प्रेरणाले आफूले कहिल्यै पनि बुबाको शक्तिको आडमा लाभको पद लिने वा पदीय दुरुपयोग गर्नतर्फ नलागेको स्मरण गर्नु हुन्छ ।
आफू विजयी हुँदै गर्दा आफूसँगै आफूले चुनावी मैदानमा रहेका बेला उठाएका मुद्दा मात्र ठिक अरूको बेठिक भन्ने लाग्दैन रे सुहाङलाई उहाँले चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका मुद्दा इलामको नागरिकका साझा भएकोले चुनावी मैदानमा इलाम क्षेत्र न २ मा भएका सबै उम्मेदवारसँग बसेर छलफल गर्ने चाहना सुहाङको छ । इलाम २ मा काम नभएको हैन भएको छ तर कसरी के कारणले सुरुवात भएका विषयहरू ढिला भएका छन् कहाँ कमजोरी भएको छ त्यो पत्ता लगाएर काम गरे सुरुवात भएका काम मात्रै पुरा गर्दा धेरै क्षेत्रले राहत पाउने सुहाङको बुझाई छ । भएका काम सुचारु गर्दै गभिंर अध्ययन जनता सँग परामर्श गरेर नयाँ कामहरूको पनि थालनी गरेर इलाम २ लाई इमान्दार प्रयासका साथ काम गरेर विकासको खास स्वाद चखाउने सुहाँङले बताउनु भयो
जनताले भनेका कुरा आफूले चुनावको बेला ल्याएका एजेण्डा यहाँका अरू उम्मेदवारहरूले उठाउनु भएका मुद्दालाई समेत आत्मासाथ गर्दै इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्ने उहाँको भनाई छ सुहाङले भन्नुभयो ‘काम नभएको होइन, भएको छ, तर कहाँ कमजोरी भएर ढिलाइ भएको छ, पत्ता लगाएर संघ, प्रदेश स्थानीय तह सबै सँगको सहकार्यमा काम गर्ने योजना छ ।’ संसदमा आफ्नो इलामको कुरा राख्न नीति निमार्ण तहमा छलफल लगायतको लागि काठमाडौँ जानै पर्छ त्यो बाहेक अन्य सबै समय इलाम र इलामेका जनता सँग बसेर काम गर्ने सुहाङको योजना भएको उहाँले सुनाउनु भयो ।
आफ्ना बुवाले देख्नुभएको सपना इलामेली जनताले चाहेको विकास र आफूले उम्मेदवारी दिँदै गर्दा देखेको सपना साकार बनाउन सबै मतदाताले दिएको एक एक मतको आत्मासाथ गर्दै काम गर्ने र आफूलाई मत दिने र नदिनेमा कुनै भेदभाव नगरी काम गर्ने बताउनु भयो । धेरैले कम उमेर नयाँ मान्छे भन्दै प्रश्न गर्ने गरेको भए पनि आफु नयाँ भएको तर नयाँ चालकले गाडी कुदाउँदा कतै लगेर टोकाउँछ भन्न मिल्दैन नयाँ चालकले पनि होसियार भएर सवारी चलाए मज्जाले सवारी चलाउन सक्छ घरमा नयाँ भान्से आए खाना नमिठो पकाउँछ भन्न पनि नमिल्ने उसले पनि सबै कुरा मिलाएर पकाए मिठो पकाउन सक्ने भन्दै खालि उ कतिको मेहनती छ र उसको कतिको अध्ययन काम प्रति इमानदारिता छ भन्ने कुराले र पुराना भन्दा पनि नियत कस्तो छ भन्ने कुराले भर पर्ने भएकोले आफु नियत सफा लिएर राजनीतिमा आएकोले विश्वास गरेर साथ दिन इलामे ली जनता समक्ष आग्रह गर्नु भयो ।
एउटा समृद्ध इलाम समृद्ध नेपाल र अर्को सामाजिक एकता सद्भाव आफ्ना बुवाको मुख्य २ वटा सपना भएको सुनाउँदै उहाँले यी दुवै सपना पुरा गर्न सबै इलामे जनता एक भए इलाम बनाउन सकिने र सबै नेपाली एक भए नेपालको सामाजिक एकता सद्भाव कायम राख्न गाह्रो नहुने भएकोले यी कार्यमा आफ्नो इमान्दार साथ रहने उहाँको भनाई छ ।
बुवाले पार्टी मात्र नभनेको र ती घेरा भन्दा पनि माथी उठेर काम गर्ने गरेकोले आफु पनि सोही अनुसार सबैलाई सम्मान व्यवहार गर्दै काम गर्ने उहाँको प्रतिबद्धता छ ।
आफूलाई मत दिने मतदाता मत नदिए पनि मतदानमा सहभागी सबै इलामेली निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र नेकपा एमाले पार्टीपङ्क्तिलाई र हरेक पलमा नागरिकमा सूचना दिन खटिरहने प्रिय सञ्चारकर्मीलगायत सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्