तपाईँ सुन्दै हुनुहुन्छः

जनचाहना पूरा गर्न सरकार प्रतिबद्धः मन्त्री कार्की

विराटनगर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।


सुनसरीको रामधुनी नगरपालिका–४ बैठारबाट कुटी पुल हुँदै बराह क्षेत्र नगरपालिकाको जीतपुर जोड्ने सडकको शिलान्यास गर्नुहुँदै उहाँले विकासको जनचाहना पूरा गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । 


अहिले सरकारले सडक निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेकाले निर्धारित समयभित्र काम पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button