तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा झापाद्वारा राहत कोषमा एक लाख सहयोग

भद्रपुर, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले जिल्लास्थित राहत कोषमा एक लाख रुपैयाँ जम्मा गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला समन्वय समिति झापाले स्थापना गरेको कोषमा एक लाख जम्मा गरेको पार्टीका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।

नेकपा झापाले यो विपतको परिस्थितिमा सम्पूर्ण पार्टी नेता, कार्यकर्तालाई स्वयम्सेवाका लागि अपील समेत गरेको छ । अध्यक्ष पाठकले झापामा खुल्ला सीमाका कारण जोखिम भएकाले सबै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

खाद्यान्नको संकट व्यहोरिरहेका विपन्न परिवारलाई तत्काल रहत व्व्यवस्थापन गर्न जिल्ला पार्टीले स्थानीय तहहरुसँग समन्वय गरिरहेको पनि उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button