तपाईँ सुन्दै हुनुहुन्छः

नेपालप्रति बिदेशी लगानीकर्ताको बिश्वास बढदै गएको छ : मन्त्री खतिवडा

फाइल तस्बिर

बिराटनगर । अर्थमन्त्री युवराज खतिवडाले नेपालप्रति बिदेशी लगानीकर्ताको बिश्वास बढदै गएको बताउनुभएको छ ।

बिराटनगरमा आजदेखि शुुरु भएको विराट एक्सपो कृषि तथा औधोगिक अन्तराष्ट्रिय प्रर्दशनीको उद्घाटन गर्नुहुदै उहाँले नेपालमा लगानीको वातवारण बन्दै गएकाले बाह्रय मुुलुकबाट जलविद्युतलगायत बिभिन्न क्षेत्रमा लगानी आउन थालेको प्रष्ट पार्नुभयो । उहाँले लगानीको वातावरण बनेका कारण बिदेशी लगानीकर्ता पनि नेपालमा लगानी गर्न उत्साहित रहेको बताउनुभयो ।

उहाँले निजीक्षेत्रका धेरै कुरामा सरकार निर्भर रहेकाले निजि क्षेत्रले पनि अब नयाँ ढंगबाट उत्तपादनमुखि उधोग सञ्चालन गर्नुुपर्नेमा जोड दिनुुभयो ।

निजि क्षेत्रसँग सरकार हातेमालो गरेर अघि बढन चाहेकोले आप्mना समस्या निर्धक भएर राख्न उधोगी व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।

सिमापारी पुुर्वाधार राम्रो नहँुदाले व्यवसायीहरुले भोग्नुु परेको समस्या प्रति सरकार गम्भिर रहेको भन्दै मन्त्री खतिवडाले नेपाल भारतको सिमानामा रहेका अन्तराष्ट्रिय व्यापार नाकालार्ई थप व्यवस्थित गर्न लागेको बताउनुभयो ।

प्रदेश न १ मा रहेको बिभिन्न जलविद्युुत आयोजनाबाट आगामी तिनबर्षमा तीन हजार मेघावाट बिद्युत उत्तपादन हुने र त्यसबाट प्रदेशलाई नौ सय मेघावाट बिद्युत उपलब्ध हुने उहाँले बताउनुभयो ।

पुुर्व पश्चिम हुुलाकी सडक , व्यापारी सडक तथा प्रदेशका जिल्ला सदरमुकामका सडकलाई चार लेन बनाउने गरी काम शुरु भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै उधोग, वाणिज्य तथा आपुुर्तिमन्त्री मोतीलाल दुगडले नीजि क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकाले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नीजि क्षेत्रलाई खुसि बनाउन सके मात्र मुलुकमा समृद्धि आउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश न १ का आन्तरिक मामिलातथा कानुुन मन्त्री हिकमत कार्कीले, उधोग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिश कुुशैयत तथा उधोग वाणिज्य महासंघका बरिष्ष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक बिकासमा नीजि क्षेत्रको भूमिका महत्वपुर्ण रहेकोमा जोड दिनुुभयो

उधोग संगठन मोरङको आयोजनमा भएको सो औधोगिक प्रर्दशनी फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

औधोगिक तथा कृषि वस्तुको बजार प्रर्वद्धनगर्ने उद्देश्यले आयोजना गरिएको प्रर्दशनीमा कृषि, घरेलुु , हस्तकला, अटोमोबाइल, खाद्ध्न्न, सुचना प्रवधि तथा औधोगिक उत्तपादनका तीन सय ४० वटा स्टल रहेको एक्सपोका संयोजक भोलेश्वर दुलाले बताउनुभयो ।

त्यसमध्ये ४० वटा स्टल अन्तराष्ट्रिय स्तरका छन । एक्सोपोको तीन लाख दर्शकले अवलोकन गर्ने र एक अर्बभन्दा बढिको कारोवार हुने अपेक्षा लिइएको संयोजक दुलालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button