तपाईँ सुन्दै हुनुहुन्छः

चालु आर्थिक बर्ष भित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउँछ : मन्त्री मगर

फाइल तस्बिर

काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले चालु आर्थिक बर्ष भित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा आइपुग्ने भएकाले वितरणका लागि आवश्यक तयारी गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिनुभएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १२आँै वार्षिकउत्सवका अवसरका आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री मगरले खानेपानी वितरणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र जनशक्तिको प्रवन्ध गर्नुपर्ने बताउनुभयो ।

मन्त्री मगरले खानेपानीको चुहावट नियन्त्रण गर्न वितरण प्रणाली चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले पुरानो वितरण प्रणालीलाई असर नपर्नेगरी नयाँ वितरण प्रणालीको अवलम्बनमा केयुकेएललाई मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मेलम्चीको पानी वितरणका लागि केयुकेएल सक्षम रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button