तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आगामी ३ दिनको देशभरीको मौसम

काठमाडौं । आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने देखिएको छ । हिमालमा हिमपात हुँदा पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । जानकारी अनुसार पश्चिमी न्यून–चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । मौसमविद्का अनुसार अन्य ठाउँमा भने एकैछिन घाम लाग्दै बादल लाग्नेछ । मौसम बदली भएका कारण केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/२५ देखि २०७६/१०/२७) जारी समय : बिहान ६:०० बजे / नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-१०-२५, बिहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):- हाल नेपालको पश्चिमी भू-भागमा कमजोर पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status): हाल देशको पश्चिमी पहाडी भू-भागमा सामान्य बदली र अन्य पहाडी भू-भागका स्थानमा आंशिक बदली रहेको छ। तराईका भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २५ गते (शनिबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित एक-दुई स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २६ गते (आईतबार) दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २७ गते (सोमबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button