संरक्षण नहुँदा जडिबुटी लोप हुने क्रम बढ्दो

बैतडी । बैतडी र डडेल्धुराको दोसाधमा रहेको घनघस्याको लेकमा सरकारी स्तरबाट संरक्षण नहुँदा महत्वपूर्ण जडिवुटी नास हुने क्रम बढेको छ ।
अवैध रुपमा जडिवुटीसमेत बिक्रेताहरुले चोरी संकलन गर्दा दुर्लभ जडिबुटी मासिने क्रम बढेको हो ।
समुद्री सतहदेखि दुई हजार चार सय मिटरसम्मको उचाईमा रहेको घनघस्या लेकमा महत्वपूर्ण जडिबुटी लोक्ता, कुरिलो, हत्तेजडी, पाखानावेद, सतुवालगायत प्रतिबन्धित काठ चाप मासिने क्रम बढेको स्थानीय बासिन्दा राम दत्त भट्ट बताउछन् ।
उहाँ जस्ता दर्जनौ व्यक्तिहरुले सम्बन्धित जिल्ला बन कार्यालयमा पटक पटक लिखित तथा मौखिक जानकारी गराए पनि कुनै सुनुवाई नभएको बताईन्छ ।
घनघस्या आसपासका सबै बन क्षेत्र सामूदायिक बनमा दर्ता भईसकेकाले जडिबुटी संरक्षण तथा सम्वद्र्धन गर्ने जिम्मा उपभोक्ताको समेत भएकाले जिल्ला बन एक्लैले केही गर्न नसक्ने बन प्राविधिकहरु बताउछन् ।
प्रतिक्रिया राख्नुहोस्