अपडेट : बागलुङ जिप दुर्घटना, मृतकको संख्या १४ पुग्यो
बागलुङ्ग । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।
घाइते तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको र उद्धार कार्य जारी रहेको एसपी भट्टले बताउनुभयो ।
दुर्घटनामा परेका तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तीवाङ पठाइएको छ। उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि अन्यत्र लग्ने तयारी गरिएको छ ।



प्रतिक्रिया राख्नुहोस्