प्रधानमन्त्रीको निर्देशन लगत्तै नगरकोट सडक अनुगमन

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन लगत्तै भत्केको पाटी नगरकोट सिपाघाट सडकको अनुगमन गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वमा उपसचिव आनन्द काफ्लेसहित सडक आयोजना प्रमुख जगत प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरन्जिवी तिम्सनाले उक्त सडकको आज अनुगमन एवं निरीक्षण गरेको हो ।
टोलीले भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको काम कहाँ पुग्यो, के के काम भएका छन्, के के बाँकी छ भन्नेबारेमा यथार्थ रुपमा अवलोकन गरेको नगरपालिकाका प्रशासकीय अधिकृत चिरन्जिबी तिम्सिनाले जानकारी दिनुभयो ।
भक्तपुरको भत्केकोपाटी नगरकोट सडकको अनुगमन निरीक्षणमा देखिएका विषयहरुलाई रिपोर्ट बनाएर प्रधानमन्त्री समक्ष प्रस्तुत गरिने अनुगमनका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्