हराएको १९ दिनपछि मृत्त फेला

सल्यान – सल्यानमा हराएको १९ दिनपछि एक जना मृत फेला परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ५६ वर्षिय लोक बहादुर चन्द मृत फेला परेका हुन ।
गत कात्तिक ११ गते श्रीमतीलाई माइत छाडेर फर्केका उनी बाटोबाटै हराएका थिए । उनको खोजतलास गर्ने क्रममा आइतबार दमाचौरकै पोखरी डाँडामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्याने जनाएको छ ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्