तपाईँ सुन्दै हुनुहुन्छः

पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु

नवीन गिरी, नेपालगञ्ज । बाँकेमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ९ बजेतिर राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ति सामुदायिक वनमा घाँस काट्न गएकी वडा नम्बर ८ बालापुरकी ६० वर्षीय ठगी खड्काको पाटेबाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसअघि गत आइतबार पनि चितुवाको आक्रमणबाट कोहलपुर नगरपालिका बडा नम्बर १३ की ६५ बर्षीया काली बस्नेतको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button