लिपलेकबारे प्रदेश सरकारको गम्भिर ध्यानकार्षण

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोप्रति गम्भिर ध्यानकार्षण भएको जनाएको छ ।
आज बसको प्रदेश सरकार मन्त्रिपरिषदको आकस्मिक बैठकले गरेका निर्णय सार्वजनिक गर्न धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले दार्चुला जिल्लाको ब्यास गाउपालिकामा पर्ने उक्त भूमीलाई भारतले आफ्नो भूमिमा समावेश गरेको बिषयमा प्रदेश सरकारको गम्भिर ध्यानकार्षण भएको बताउनुभयो ।
मन्त्री शाहले उक्त बिषयमा नेपाल सरकारबाट भइरहेको पहलकदमी प्रति धन्यवाद ज्ञापन गरिएको उल्लेख गर्दै नेपालको भारतसंग उल्लेखित क्षेत्र र अन्य भूभागमा देखिएको अन्र्तराष्ट्रिय सिमाका सन्र्दभमा उत्पन्न बिवादलाई कुटनैतिक तवरबाट यथाशिघ्र समाधानका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाले मन्त्रिपरिषद बैठकले दार्चुलाको ब्यास गाउपालिका २ को तुम्लिङ्ग देखि टिंकर हुदै छाङ्गारुसम्म घोरेटो बाटो नेपाल सरकारको सहकार्यमा प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरेको बताउनुभयो ।
मन्त्री शाहले यस प्रदेशको भारतसंग सिमा जोडिएको सिमाना र सिमानाकामा आबश्यकता अनुसार बिओपीसमेतको ब्यवस्थासहित प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
पत्रकारहरुको जिज्ञासामा मन्त्री शाहले डडेल्धुरामा आमरण अनसनरत डा.गोबिन्द केसीको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्रीज्यूले चासो र चिन्ता लिनुभएको उल्लेख गर्दै डा.केसीका जायज मागका सम्बन्धमा प्रदेश सरकारले समन्वय गर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्