मकवानपुरमा उत्पादित किबीमा बिषादीको मात्रा न्युन

मकवानपुर – मकवानपुरमा उत्पादित किवीमा बिषादीको मात्रा अत्यन्त न्युन रहेको पाइएको छ । मकवानपुरको उत्तरी थाहा नगरपालिकामा उत्पादित फलको राजा मानिने किवीमा गरिएको परिक्षणमा बिषादी अत्यन्त न्युन रहेको पाईएको हो ।

कृषि ज्ञान केन्द्र ललितपुरद्वारा थाहा नगरपालिका पहिलो पटक उत्पादित किविमा बिषादीको मात्रा परिक्षण गरिएको थियो । परिक्षण पश्चात बिषादीको मात्रा अत्यन्तै न्युन पाईएको हो । अत्यन्तै पोषिलो स्वस्थ्यवर्धक फल किवीको थाहा नगरपालिकामा उत्पादन सुरु भएको छ । उत्पादन सुरु भएपछि स्थानीय कृषकले आफ्नो उत्पादनको परिक्षण गराएका हुन् ।

थाहा नगरपालिकामा रातो र हरियो गरी दुई प्रकारका किवीको खेती गरिएको छ । अहिले हरियो किवी उत्पादन भएका छन् । त्यहाँ उत्पादित किवि अहिले काठमाडाँै, हेटौडा र चितवनका बजारमा व्यापक माग रहेको छ । बजारमा किबीको माग बढेसँगै करिब दुई हजार बोटबाटै किबी उत्पादन हुँदै आएकोमा पछिल्लो समय बज्रबाराही, दामन, पालुङ, अघोर, कोगटेलगायतका स्थानमा थप किबी फलका बोट लगाइएको छ ।

नेपालमा आधा दर्जनभन्दा बढी जातका किबी फल लगाइँदै आएको छ । किबीबाट राम्रो आम्दानी गर्न सकिने तथा बजारको समेत समस्या नहुने भएकाले अहिले अहिले त्यस क्षेत्रमा किबी खेती बिस्तार हुँदै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्