तपाईँ सुन्दै हुनुहुन्छः

आलमसँग अदालतमा बयान लिइँदै

काठमाडौं । सांसद मोहमद अफताव आलमसँग गौरस्थित जिल्ला अदालतमा बयान लिने क्रम जारी छ । मंगलबार बिहान प्रहरीले आलमलाई जिल्ला अदालत गैरमा बयानका लागि ल्याएको हो ।

प्रहरीले उनलाई ११ बजे अदालत उपस्थित गराएको हो । जिल्ला अदालत गौरका न्यायाधीश दिपक ढकालको इजलासमा आलमको बयान लिने काम भइरहेको छ । सुरक्षा संवेदशीलतालाई ध्यान दिँदै सदरमुकाम सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सरकारी वकिलले विभिन्न ११ वटा अपराधमा आलममाथि सजायको माग गर्दै अदालतमा दर्ता गरेको छ । राजपुरको फरहदवामा भएको बम विस्फोट र इँटाभट्टामा मान्छे हालिएको विषयमा तयार पारिएको मिसिल ८१८ पृष्ठको छ ।

न्यायाधीशले बयान लिइसकेपछि थुनछेक बहस सुरु हुनेछ । आलमका पक्षबाट दुई दर्जन कानुन व्यवसायीले बहस गर्न नाम लेखाएका छन् । जसमा चर्चित कानुन व्यवसायी एवं वरिष्ठ अधिवक्ता शम्भु थापा पनि छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button