तपाईँ सुन्दै हुनुहुन्छः

समाचारको भरपर्दो स्रोत रेडियो नेपाल : डा. प्रकासशरण महत

काठमाडौं।दशै, तिहार तथा छठ पर्वका अवसरमा नेपाल पत्रकार महासंघ, रेडियो नेपाल शाखाले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

रेडियो नेपाल सिंहदरवारमा भएको सुभकामना तथा चियापान कार्यक्रमा नेपाली कांग्रेसका नेता डा. प्रकासशरण महतले रेडियो नेपाल सरकारी सञ्चार माध्यम भएपनि यसले स्वायत्त संस्थाका रुपमा सूचना तथा समाचार प्रसारण गर्नु पर्ने बताउनुभयो ।

नेता डा. महतले विभिन्न एफएम रेडियो, टेलिभिजन र अनलाईन मार्फत सूचना समाचार आए पनि अझै गाउँ–गाउँ सम्म सूचना र समाचारको भरपर्दो स्रोतको रुपमा रेडियो नेपाल रहेको भन्दै रेडियो नेपालले व्यवसायिक बनेर सवैका समाचार प्रसारण गर्नु पर्ने सुझाव दिनुभयो ।

 

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपाल सरकारी सञ्चार माध्यम भएपनि यसमा प्रेस स्वतन्त्रता रहेको भन्दै सत्तापक्ष र प्रतीपक्ष नभनी सवैका समाचारले उत्तीकै महत्व पाउने गरेको बताउनुभयो ।

 

कार्यकारी निर्देशक कार्कीले रेडियो नेपालले सवै कर्मचारीहरुलाई समान व्यवहार गर्ने र कर्मचारीको हक हितका लागि सवैले ऐन नियम भित्र रहेर काम गर्नु पर्ने पनि बताउनु भयो ।

 

नेपाल पत्रकार महासंघ, रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुँयालको अध्यक्षतामा भएको सुभकामना तथा चियापान कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक अशोक वास्कोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर, महसचिव रमेश विष्ट लगायतले सुभकामना व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button