पूर्व–पश्चिम राजमार्गको भप्सी पुलमा बेलिब्रिज जडान सुरु
बेलिब्रिज जडान कार्य सोमबारबाट सुरु गरिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भप्सी पुल शुक्रबार राति आएको बाढीले भत्काएको थियो । पुल भत्किदा राजमार्ग अवरुद्ध भएको थियो । हाल पुलमुनिबाट डाईभर्सन निर्माण गरी यातायातको साधन सुचारु भैरहेको छ । खोलामा बाढी आउँदा डाईभर्सनबाट सवारी आवगमन ठप्प भई राजमार्ग नै अवरुद्ध हुने भएपछि राजमार्ग सुचारु गराउन बेलिब्रिज जडान गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जनकपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद कुमारले बेलिब्रिज जडान हुन कम्तिमा ५ दिन समय लाग्ने बताउनुभयो । बेलिव्रिज ५० मिटर लामो हुने र जडानपछि प्राविधिक रुपमा जाँच गरी बेलिब्रिजबाट सवारी आवगमन गराईने उहाँले जानकारी दिनुभयो । लगातार वर्षाको कारण ड्राईभर्सन र बैकल्पिक सडक समेत बर्षाको कारण बिभिन्न स्थानमा भत्किएको कारण अवरोध उत्पन्न भईरहेकोले विगत ६ दिन देखि पुर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्