एकेडेमी क्रिकेट लिग : रुपन्देही र नेपथ्य तिलोत्तमा विजयी
रुपन्देही । रुपन्देही क्रिकेट एकेडेमी र नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी रुपन्देहीमा जारी एकेडेमी क्रिकेट लिगमा विजयी भएका छन् ।
शनिबार देवदहमा भएको खेलमा वेष्टर्न क्रिकेट एकेडेमीलाई ६० रनले पराजित गर्दै रुपन्देहीले जित दर्ज गरेको हो । यस्तै, नेपथ्य तिलोत्तमाले गुरुकुल क्रिकेट एकेडेमीमाथि ५६ रनको जित हात पारेको छ ।

देवदह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको रुपन्देहीले निर्धारित ३० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रनको बलियो योगफल खडा गर्यो । उसका लागि जावेद खानले ३३, राजन यादवले २७, समोहम्मद खानले २६, मोहम्मद युसुफले २१, सज्द अलीले १५ र आयुश भण्डारीले १० रन जोडे । बलिङमा वेष्टर्नका कृष्ण पन्थी र सम्राट पोखरेलले २–२ तथा पुस्कर रायमाझीले १ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको वेष्टर्न २३ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३० रनमै समेटियो। उसका लागि अर्पण तिमिल्सिनाले २६, कृष्ण पन्थीले २३ र सम्राट पोखरेलले १८ रन बनाए । बलिङमा रुपन्देही क्रिकेट एकेडेमीका कृष्ण यादवले ६, सज्द अली, सर्भेस बरई र जावेद खानले १–१ विकेट लिए । खेलमा कृष्ण यादव प्लेयर अफ द म्याच भए ।
यस्तै, भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले ७ विकेट गुमाएर १ सय ४६ रन बनायो । उसका लागि सुशान्त सुवेदीले ४९, रुद्रान्स भट्टराई र प्रेमसागर यादवले समान २४ तथा अशोक भण्डारीले १० रन बनाए । बलिङमा गुरुकुलका केशव भट्टराईले २ तथा कृष्ण बरई, अंकित न्यौपाने र विपिन खत्रीले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको गुरुकुलले ३१ ओभर १ बलमा सबै विकेट गुमाएर ९० रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न नेपथ्य तिलोत्तमाका अर्जित पाण्डेले ३, रुद्रान्स भट्टराईले २ तथा प्रेमसागर यादव, अनुकूल खनाल र अशोक भण्डारीले १–१ विकेट लिए । गुरुकुलका केशव भट्टराईले २८ र अक्षत श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । खेलमा सुशान्त सुवेदी प्लेयर अफ द म्याच भए ।
रुपन्देही क्रिकेट सङ्घको आयोजनामा जारी प्रतियोगिता भैरहवास्थित सिद्धार्थ रंगशाला र देवदहमा क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ । जिल्लाका ८ वटा एकेडेमी सहभागी प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्