२९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ गरी २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा र बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ ।
प्राधिकरणले नेपाल सरकार र प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको रकम, थप दस्तुर तथा जरिवानासहितको सम्पूर्ण बक्यौता तोकिएको समयभित्र चुक्ता गर्न निर्देशन दिएको हो ।









प्रतिक्रिया राख्नुहोस्