सवारी दुर्घटनामा परि वरिष्ठ लेखा अधिकृत केसीको मृत्यु

दाङ । दाङको लमही नगरपालिका–१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालक लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृत ५० वर्षीय चेतबहादुर केसीको मृत्यु भएको छ । उहाँ घोराही उपमहानगरपालिका–१७ चौघेरा निवासी हुनुहुन्छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३–००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि प्रहरीले बस, बस चालक लाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्