तपाईँ सुन्दै हुनुहुन्छः

उखु किसानलाई दसैँअघि नै अनुदान रकम भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन 

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिनुभएको छ।

आज मन्त्रालयमा बसेकाे बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले दसैँअघि नै अनिवार्य रूपमा किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।

उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि २०८३, स्वीकृत गरिसक्नुभएको छ । आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान निकासा भएको छ ।

किसानले समयमै अनुदान रकम पाउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button