तपाईँ सुन्दै हुनुहुन्छः

२०औँ एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश–२०८३ स्वीकृत गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । 

यसैगरी, आजको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने, विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफी बण्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सञ्चार मन्त्री डा.तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button