तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस महाधिवेशन: मतदानको समय दुई घण्टा थप

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँमा जारी १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदानका लागि आज दिउँसो ३ बजेसम्मको समय तोकेकोमा समय थप गरी साँझ ५ बजेसम्म पुर्याएको हो । 

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिँदैछन् । 

उम्मेदवारको संख्या धेरै भएको र सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहित विभिन्न २३ ओटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले धेरै समय लागेको नेपाली काँग्रेसले जनाएको छ । 

मतदान गर्न एक जनालाई आधा घण्टा देखि ४५ मिनेट सम्म समय लाग्ने गरेको निर्वाचन समितिका सदस्य डा सुरेश आचार्यले जानकारी दिनुभयो । 

मतदान बिहान ७ बजेदेखि जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button