नवनियुक्त उद्योग मन्त्री साहद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री साहले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्री साहले शपथ लिनुभएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री शाहलगायतको सहभागिता रहेको थियो ।
नवनियुक्त मन्त्री साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्