तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाहरूको उद्धार प्रयास जारी

काठमाडौँ।प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी छ।

अविरल वर्षा र अप्ठ्यारो परिस्थितिका बाबजुद नेपाली सेनासहितको उद्धार टोली रातभर प्रभावित क्षेत्रमा खटिएर खोज तथा उद्धारमा जुटेको छ।

रातको अँध्यारो र प्रतिकूल मौसमका कारण उत्पन्न जोखिमलाई कम गर्न उच्च क्षमताका फ्लडलाइट जडान गरी घटनास्थलमा काम भइरहेको छ।

यस्तै, थुप्रिएको पहिरो र माटो पन्छाउन जेसीबी तथा भारी एक्स्काभेटर निरन्तर प्रयोग भइरहेका छन्। त्यसबाट बाटो खोल्नुका साथै पुरिएका सम्भावित स्थानसम्म पुग्ने प्रयास भइरहेको छ।

उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ र विशेष मोनिटर प्रयोग गरी सूक्ष्म रूपमा खोजी गरिरहेको छ। प्राविधिक टोलीहरू आपत्कालीन उपकरण र प्राथमिक उपचारका सामग्रीसहित स्थलगत समन्वयमा परिचालित छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button