रसुवा बाढी: रोल्पाका २४ जना सम्पर्कविहीन
रोल्पा। रसुवामा आएको विनाशकारी बाढीपछि काम तथा रोजगारीका सिलसिलामा रसुवा पुगेका रोल्पाका २४ जना नागरिक सम्पर्कविहीन भएका छन्। सम्बन्धित स्थानीय तह तथा परिवारका अनुसार उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको छ।
सम्पर्कविहीन हुनेमा रुन्टीगढी गाउँपालिका–८ का गीता बस्नेत, हंसतबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर रहेका छन्।
त्यस्तै, सुनिलस्मृति गाउँपालिका–३ का जगतबहादुर पुन, वडा नम्बर ४ का हरिबहादुर घर्तीमगर, आर्यन घर्ती र सोमबहादुर घर्ती, वडा नम्बर ५ का अनराम पुन तथा वडा नम्बर ६ का राजेन्द्र महत, वसन्त महरा, कुमार महरा, रविलाल भण्डारी र सञ्जय महत सम्पर्कविहीन छन्।
परिवर्तन गाउँपालिका–६ थानकोटका कुलप्रसाद बुढामगर, ३६ वर्षीया मिना घर्तीमगर, २१ वर्षीय डिप बुढा र ४ वर्षीया खुसी बुढा पनि रसुवाको टिमुरेमा सम्पर्कविहीन भएका छन्। उनीहरू एकै परिवारका हुन्।
यसैगरी, माडी गाउँपालिका–३ तालाबाङकी दिपा घर्ती र वडा नम्बर ५ भावाङ निवासी तिलसरी बाठा बाढीपछि सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ।
थबाङ गाउँपालिका–२ मरन्ठानाका २५ वर्षीय नवराज रोका र सुनछहरी गाउँपालिका–५ जैमाकसला जुवाङका नेपाली सेनामा कार्यरत २० वर्षीय शुनिल विक पनि परिवारको सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ।







प्रतिक्रिया राख्नुहोस्