रोल्पामा चट्याङ लागेर एक पुरुषको मृत्यु
रोल्पा।रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा स्थानीय ५९ वर्षीय वीरबहादुर खत्री रहेका छन्।
बिहीबार राति करिब ८ः३० बजे आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खत्री घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पाङ लगिएको थियो।
तर, उपचारकै क्रममा राति करिब ९ बजे खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्