अछाममा अटो दुर्घटना हुँदा ३ जना घाइते
अछाम। अछामको कमलबजार– मानसैन सडक खण्डमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

कुइकाबाट कमलबजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिकै ‘ओखडको रुख’ भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।
दुर्घटनामा परि कमलबजार नगरपालिका वडा न-५ का केशवराज उपाध्याय, बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन्। घाइतेमध्ये बेला भण्डारीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख, प्रहरी निरीक्षक सरोजकुमार कैलाले जानकारी दिनुभयो ।
घाइते तीनै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसैन पठाइएको छ।
अटोमा सवार अन्य एक जना यात्री र चालक भने सकुशल रहेका छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कैलाले बताउनुभयो








प्रतिक्रिया राख्नुहोस्