तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यक्ष तर्फको मतगणना सकिएका स्थानमा समानुपातिक तर्फको मतगणना जारी

काठमाडौँ । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएका स्थानमा समानुपातिक तर्फको मतगणना भइरहेको ।

समानुपातिक तर्फ ३ बजेर ४५ बजेसम्म ४१ लाख ६६ हजार ४ सय ६६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २० लाख ६८ हजार ८ सय २० मत  प्राप्त गरेको छ । नेपाली काँग्रेसले ७ लाख ७ हजार ४ सय २ १ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ ।

यसैगरी नकपा एमालेले ५ लाख ९४ हजार ७ सय ४६ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ लाख ८१ हजार  ३ सय ९२ मत प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ५० हजार १ सय १८, श्रम संस्कृति पार्टीले ९० हजार ६ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।   

समानुपातिक तर्फको मतगणना जारी रहेको छ भने प्रत्यक्ष निर्वाचन तर्फको मत गणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button